सन्दीपविरुद्धको मुद्दामा फैसलाको पूर्णपाठ सार्वजनिक


 


काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा फैसलाको पूर्णपाठ सार्वजनिक भएको छ ।

सन्दीपविरुद्धको बलात्कार मुद्दामा उच्च अदालत पाटनले फैसलाको पूर्णपाठ सार्वजनिक गरेको हो ।

न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अन्जु उप्रेती ढकालको संयुक्त इजलासले गत जेठ २ गते लामिछानेलाई निर्दोष ठहर गरेको थियो । जुन फैसलाको पूर्णपाठ आज सार्वजनिक भएको हो ।

पीडितले प्रतिकार गरेको, कराएको, चिच्चाएको, तेस्रो व्यक्तिसँग आत्मरक्षाको लागि कुनै सहयोगको याचना गरेको नदेखिएको विषयलाई अदालतले सफाइको एउटा आधार बनाएको छ ।

जिल्ला अदालतले लामिछानेलाई ८ वर्ष कैद सजाय सुनाएको थियो । तर, उच्चले बदर गर्दै निर्दोष ठहर गरेको थियो ।

प्रकाशित मिति: ४ श्रावण २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्