यूएईविरुद्ध टस जितेर पहिला फिल्डिङ गर्दै नेपाल


 


काठमाडौं । महिला एसिया कप क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा नेपालले पहिले फिल्डिङ गर्ने भएको छ।

डम्बुलास्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपालले टस जितेर यूएईलाई पहिले ब्याटिङको निम्तो दिएको हो ।

खेल नेपाली समयअनुसार २ : १५ बजे सुरु हुनेछ ।

एसिया कपमा नेपाल रहेको समूहमा नेपालसहित यूएई, भारत र पाकिस्तान छन् । आइतबार पाकिस्तान र मङ्गलबार भारतसँग खेल्नेछ ।

सन् २०१२ र २०१६ मा सहभागी भएको नेपालको यो तेस्रो सहभागिता हो ।

अर्को समूहमा थाइल्यान्ड, मलेसिया, श्रीलंका र बङ्गलादेश छन् । दुई समूहका शीर्ष दुई टोलीले सेमिफाइलन खेल्नेछन् ।

प्रकाशित मिति: ४ श्रावण २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्