सिमलताल दुर्घटना: २३ शव भेटियो,९ जनाको सनाखत हुन सकेन


 


काठमाडौँ । चितवनकाे सिमलतालमा पहिराेले बगाएर त्रिशूली नदीमा बेपत्ता बसका यात्रुमध्ये २३ जनाको शव भेटिएको छ। शुक्रबार बिहान १०:५० सम्म २३ जनाको शव भेटिएको खोजतलासमा खटिएको सशस्त्र प्रहरी बलले जनाएको छ।

उनीहरूमध्ये १४ जनाको मात्र सनाखत भएको छ। बाँकी ८ पुरुष र एक महिला गरी ९ जनाको सनाखत हुन बाँकी छ।

गत असार २८ वीरगन्जबाट काठमाडौँका लागि छुटेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स बसमा ३८ जना सवार थिए।

काठमाडौँबाट गौरका लागि छुटेको बागमती प्रदेश ०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स बसमा २७ जना सवार थिए। दुवै बस गरी कुल ६५ यात्रु सवार थिए। जसमध्ये गणपति बसमा सवार तीनजना बाँच्न सफल भएका थिए।

प्रकाशित मिति: ४ श्रावण २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्