आज मौद्रिक नीति सार्वजनिक नहुने


 


काठमाडौं । आज शुक्रबार ल्याउने तयारी भएको मौद्रिक नीति रोकिएको छ । सञ्चालक समितिमा मौद्रिक नीतिबारे छलफल गर्ने समय कम भएकाले तत्काललाई रोकिएको स्रोतले जनाएको छ ।

यसअघि आज बिहान राष्ट्र बैंक सञ्चालक समिति बसेर नीति पारित गर्ने तयारी थियो ।राष्ट्र बैंक व्यवस्थापन समितिको बैठकले हिजो पारित गरेको मौद्रिक नीति आज बिहान सञ्चालक समितिले अनुमोदन गरेपछि दिउँसो सार्वजनिक गर्ने तयारी थियो ।

आज राष्ट्र बैंक सञ्चालक समितिको वैठक बालुवाटारस्थित केन्द्रीय कार्यालयमा बसिरहेको छ । तर, मौद्रिक नीति सार्वजनिक हुने सम्भावना टरेको स्रोतले बतायो ।

प्रकाशित मिति: ४ श्रावण २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्