महिला एसिया कप स् नेपालले आज युएईसँग खेल्दै


 


काठमाडौं, साउन ४ । श्रीलंकामा जारी महिला एसिया कप क्रिकेटमा नेपालले आज युएईसँग खेल्दैछ ।

नेपालले समूह चरणको आफ्नो पहिलो खेल युएइसंग खेल्न लागेको हो । खेल दिउँसो सवा २ बजे हुनेछ । समूह ए मा रहेको नेपाली महिला क्रिकेट टोलीले युएईसँगै पाकिस्तान र भारतसँग प्रतिस्पर्धा गर्नेछ ।

आज बिहिबारदेखि साउन १३ गतेसम्म चल्ने प्रतियोगिताको समूह ‘बी’ मा श्रीलंका, बङ्गलादेश, मलेसिया र थाइल्यान्ड छन् । साउन १३ गते फाइनल हुनेछ ।

यसअघि नेपालले सन् २०१२ र २०१६ मा महिला एसिया कप खेलेको थियो । त्यसको ८ वर्षपछि नेपाली महिला टोलीले एसिया कप खेल्न लागेका हुन् ।

प्रकाशित मिति: ४ श्रावण २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्