एसएलसीको नतिजा अायो, ४७.४३ प्रतिशत विद्यार्थी उत्तीर्ण


 


काठमाडौं, असार ४

परीक्षा नियन्त्रण कार्यालयले २०७१ को एसएलसी परीक्षाको नतिजा सार्वजनिक गरेको छ । कार्यालयले सार्वजनिक गरेको नतिजा अनुसार यो वर्ष  ४७.४३  प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।
नियमिततर्फ एक लाख ९२ हजार २ सय ६७ जना उत्तीर्ण भएका छन्। आंशिकतर्फ भने १८ हजार ७ सय ७८ जना उत्तीर्ण भएका छन्।

यस वर्षको एसएलसीमा ५ लाख ७४ हजार ६ सय ८५ मध्ये नियमिततर्फ ४ लाख २६ हजार २ सय १४ र आंशिकतर्फ १ लाख ४५ हजार १ सय ८३ र प्राविधिकतर्फ ३ हजार ३ सय ८८ विद्यार्थी सहभागी थिए। परीक्षा गत वर्ष चैत ५ देखि १३ गतेसम्म सञ्चालन भएको थियो।
यो वर्ष गत वर्षभन्दा ४ प्रतिशत बढी विद्यार्थी उत्तीर्ण भएका हुन् । गत वर्ष ४३.९२ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका थिए ।

यसरी थाहा पाउनुहोस् नतिजा

प्रकाशित मिति: ४ असार २०७२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्