प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकारमा रिमाल, आर्थिक सल्लाहकारमा खतिवडा नियुक्त


 


काठमाडौं, ३ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख राजनीतिक सल्लाहकारमा विष्णु रिमाल र आर्थिक सल्लाहकारमा युवराज खतिवडा नियुक्त भएका छन् ।

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले रिमाललाई प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकार र आर्थिक सल्लाहकारमा डा. युवराज खतिवडा नियुक्त गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

नेकपा एमालेका उपमहासचिव रिमाल यसअघि पनि ओली प्रधानमन्त्री हुँदा प्रमुख राजनीतिक सल्लाहकार नै थिए । खतिवडा २०७४ सालमा ओली मन्त्रिपरिषदमा अर्थमन्त्री थिए ।

राष्ट्रिय सभा सदस्यबाट पदमुक्त भएपछि उनी केही समय प्रधानमन्त्रीको आर्थिक सल्लाहकारको हैसियतमा पनि काम गरेका थिए ।

प्रकाशित मिति: ३ श्रावण २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्