माछापुच्छ्रे बैंकले सञ्चालनमा ल्यायो नियोन क्रेडिट कार्ड


 


काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले नेपाली रुँपैया र अमेरिकन डलरमा नियोन क्रेडिट कार्डको सुविधा सगौरव संचालनमा ल्याएको छ । आधुनिक जिवनशैलीमा ब्यस्त रहने ग्राहक तथा देश विदेश यात्रा गर्ने वर्गलाई लक्षित गरि संचालनमा ल्याईएको हो ।

बैंकका अनुसार ‘नियोन क्रेडिट कार्ड’ डिजाइन तथा आवरणमा चम्किलो तथा मनमोहक छ । जुन बजारमा उपलब्ध अन्य प्रकारका कार्डहरुभन्दा बिल्कुलै भिन्न देखिन्छ । पीएसओ मर्चेन्ट संजाल विस्तारमा उत्कृष्ट कार्यसम्पादन गरेको र भिसा क्रेडिट कार्ड उपयोग गर्न आफ्ना ग्राहकलाई पे्ररित गरेको छ ।

नियोन क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहकहरुले नेपालभरका विभिन्न ३५० भन्दा बढी मर्चेन्टहरुमा विविध वस्तु तथा सेवाको उपभोग र किनमेल गर्दा विशेष छुट तथा क्यासव्याक अफरहरु प्राप्त गर्न सक्नेछन् ।

साथै ५ हजार वा सो बराबरको ट्याप एण्ड पे (क्यासलेस) कारोबार गर्न सक्नेछन्, जसले गर्दा ग्राहकहरुमा प्रिमियम तथा उत्कृष्ट सुविधाको अनुभुति जाग्रित हुने विश्वास बैंकले लिएको छ ।

प्रकाशित मिति: ३ श्रावण २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्