अर्थतन्त्रमा देखिएका समस्याप्रति सरकार गम्भीर छ : अर्थमन्त्री पौडेल


 


काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निजी क्षेत्रको मनोबल गिर्न नदिने बताएका छन्।

सिंहदरबारमा नेपाल उद्योग परिसंघसँगको छलफलमा बोल्दै अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन् ।

अर्थमन्त्री पौडेलले आम नागरिकको निराशालाई चिर्दै अर्थतन्त्र सुधारको बाटोमा अघि बढ्ने बताए।

उनले निराशा चिर्दै आशा जगाउने उपायको खोजी गर्दै सरकार अर्थतन्त्र सुधारको बाटोमा अघि बढ्ने बताए।

निजी क्षेत्रको मनोबल खस्किए मुलुकको अर्थतन्त्र नै धराशायी बन्ने भएकाले यसतर्फ मन्त्रालयले विशेष ध्यान दिने अर्थमन्त्री पौडेलले बताए।

उनले अर्थतन्त्रमा देखिएको समस्याप्रति आफू गम्भीर रहेकाले निजी क्षेत्रलाई पनि सँगै लिएर अघि बढ्ने बताए।

आन्तरिक र बाह्य कारण देखिएको समस्यालाई समाधान गर्नका लागि स्थिर सरकार बनेको उनको भनाइ छ।

सरकारको सूचीमा अर्को एउटा सरकार बनाउने र फोटो टाँस्नका लागि मात्रै सरकार गठन नभएको भन्दै अर्थमन्त्री पौडेलले समस्या समाधानका लागि नै सरकारको सम्पूर्ण ध्यान केन्द्रित गर्ने जिकिर गरे।

प्रकाशित मिति: ३ श्रावण २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्