अर्थ मन्त्रालयसहित मधेस सरकारमा सहभागी हुँदै कांग्रेस


 


जनकपुरधाम । नेपाली कांग्रेस मधेस प्रदेश सरकारमा सहभागी हुने भएको छ ।

अर्थ मन्त्रालयसहित ४ मन्त्रालयको नेतृत्व गर्ने गरी कांग्रेस सरकारमा सहभागी हुन लागेको हो ।

कांग्रेस सांसद सुनिल यादव अर्थमन्त्री बन्ने निश्चित भएको छ ।

यस्तै जनार्दन सिंह क्षेत्री भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री, शेष नारायण यादव उर्जा, सिचाई तथा खानेपानी मन्त्री र कौशल किशोर राय श्रम तथा यातायात मन्त्री पाएका छन् ।

मुख्यमन्त्री सतिश कुमार सिंहले अर्थ मन्त्रालय आफ्नो पार्टीले राख्ने अडान राखेपछि कांग्रेस सरकारमा सहभागी हुन चाहेका थिएन् ।

प्रकाशित मिति: ३ श्रावण २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्