प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद्को बैठक


 


काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।

बिहीबार अपराह्न ४ बजेका लागि सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बोलाइएको हो।

बैठकले नियुक्तिसहितका महत्वपूर्ण निर्णयहरु गर्न सक्ने बताइएको छ ।

यसअघि सोमबार ओलीले शपथ लिएकै दिन मन्त्रिपरिषद्को बैठक बसेको थियो ।

प्रकाशित मिति: ३ श्रावण २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्