संसदमा प्रधानमन्त्री ओलीसँग साउन ७ गते प्रश्नोत्तर हुने


 


काठमाडौं । साउन ७ गते प्रतिनिधिसभामा प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रश्नोत्तर कार्यक्रम हुने भएको छ।

प्रतिनिधिसभाको बैठकमा साउन ७ गते प्रधानमन्त्री ओलीसँग सांसदहरूसँग प्रश्नोउत्तर हुने भएको हो।

आज सभामुख देवराज घिमिरेले मुख्य र प्रमुख सचेतकहरूसँग छलफलमा यसबारे छलफल भएको थियो ।

प्रधानमन्त्री ६ गते विश्वास मत लिने र ७ गते प्रश्नोउत्तर गर्ने कार्यक्रम तय भएको छ ।

ओली प्रधानमन्त्री भएपछि पहिलो पटक सांसदसँग प्रश्नउत्तर हुन लागेको हो ।

प्रतिनिधिसभा नियमावलीमा हरेक महिना सांसद र प्रधानमन्त्रीबीच प्रश्नोत्तको प्रावधान राखिएको छ ।

प्रकाशित मिति: ३ श्रावण २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्