कम ब्याजदरमा एनएमबि बैंकको इभी अटो लोन


 


काठमाडौं । एनएमबि बैंकले इभी अटो लोन कम ब्याजदरमा उपलब्ध गराएको छ । बैंकले विद्युतीय सवारी साधनहरू ७ वर्षका लागि मात्र ८.९९ प्रतिशत निश्चित ब्याजदरमा उपलब्ध गराएको हो ।

बैंकका अनुसार नेपालमा विद्युतीय सवारी साधनको प्रयोगलाई प्रवर्द्धन गर्ने र दिगो भविष्यलाई समर्थन गर्ने उद्देश्यका साथ बैंकले विधुतिय गाडी सेग्मेन्टमा कम ब्याजदरमै लोन उपलब्ध गरेको हो ।

लचिलो भुक्तानीविकल्पहरू र द्रुत स्वीकृति प्रक्रियाहरू सहित, ग्राहकहरूले सजिलै एनएमबि सुलव अटो लोन लिन सक्ने बैंकले जनाएको छ ।KUMARI BANK AD

बैंकले हाल देशभरी २०१ शाखाहरु, १८७ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको जनाएको छ ।

प्रकाशित मिति: ३ श्रावण २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्