अमेरिकी राष्ट्रपति बाइडेनलाई कोरोना संक्रमण पुष्टि


 


एजेन्सी । अमेरिकाका राष्ट्रपति जो बाइडेनलाई कोभिड–१९को संक्रमण भएको छ ।

ह्वाइट हाउसका प्रेस सेक्रेटरी करिन जीन पायरले राष्ट्रपतिलाई भ्याक्सिन लगाइएको पुष्टि गरेका हुन् । उनलाई यसअघि पनि दुई पटक संक्रमण देखिएको थियो ।

८१ वर्षिय बाइडेन बुधबार बिहान लस भेगासमा आयोजित चुनावी कार्यक्रममा सहभागी भएका थिए । राति भने उनले आफ्नो क्याम्पेन मन्तव्य रद्ध गरेका थिए ।

प्रेस सेक्रेटरीका अनुसार राष्ट्रपति उनको डेलावरस्थित आफ्नो घरमा आइसोलेसनमा बस्ने छन् ।

प्रकाशित मिति: ३ श्रावण २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्