कैलालीमा करेन्ट लागेर महिलाको मृत्यु


 


धनगढी, साउन ३ । कैलालीमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ ।

जिल्लाको लम्कीचुहा नगरपालिका वडा नम्बर २ का ४० वर्षीय लक्ष्मी जैसीको करेन्ट लागेर मृत्यु भएको हो ।

घरमा पोछा लगाउने क्रममा फ्रिजको तारबाट करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको कैलाली प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: ३ श्रावण २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्