जापान पठाइदिने भन्दै ८० लाख ठगी गर्ने एक महिला पक्राउ


 


काठमाडौं, साउन ३ । वैदेशिक रोजगारीमा जापान पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा तनहुँकी एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्लाको व्यास नगरपालिका–१२ कमलबारीकी ३८ वर्षीय मनुमाया थापालाई प्रहरीले मङ्गलबार पक्राउ गरेको हो । थापाले भीमाद नगरपालिका–५ घर भई हाल पोखरा महानगरपालिका–१ बगर निवासी ३८ वर्षीया रूपासरा रानालाई ठगी गरेको प्रहरीले जनाएको छ ।

आरोपित थापाले विभिन्न बैङ्क खातामा पैसा जम्मा गर्न लगाइ ७९ लाख ९७ हजार ९ सय १९ रुपैयाँ लिएको खुल्न आएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक दीपककुमार रायले जानकारी दिए ।

प्रहरीले थापाको साथबाट ४ लाख ८० हजार र विभिन्न सातवटा बैंकको चेकबुक बरामद गरेको जनाएको छ ।

प्रकाशित मिति: ३ श्रावण २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्