रेलमार्ग सर्भे टोलीको गाडीमा भरतपुरका स्थानीयले गरे आगजनी


 


काठमाडाैं । चितवनमा रेलमार्गको सर्भे गर्न आएकाे टोलीको गाडीमा स्‍थानीयले आगजनी गरेका छन्।

बुधबार दिउँसो भरतपुर महानगरपालिका– ७ मा पुगेको आरएच कन्सल्टेन्सीको गाडीलाई स्‍थानीयले नियन्त्रणमा लिएका थिए। प्रहरीकै अगाडि उनीहरूले बागमती प्रदेश–०१–०३० च ७१९० नम्बरकाे गाडीमा आगजनी गरेका हुन्।

रेलमार्ग सार्नुपर्ने माग गर्दै विगतदेखि नै स्थानीयहरू विरोधमा थिए।

प्रकाशित मिति: २ श्रावण २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्