सत्तापक्षको मुख्य सचेतकमा महेश बर्तौला नियुक्त


 


काठमाडौं । नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक महेश बर्तौला सत्ता पक्षको मुख्य सचेतकमा नियुक्त भएका छ्न् ।

प्रधानमन्त्री तथा नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले बर्तौलालाई आज मुख्य सचेतक पदमा मनोनयन गरेका हुन् ।

सत्तारुढ दलबाट मुख्य सचेतक नियुक्त हुने गर्छन् ।

नेकपा एमाले संसदीय दलको विधान २०७७ र सङ्घीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधा पाउने गरी बर्तौलालाई प्रतिनिधि सभामा मुख्य सचेतक पदमा असार २ गतेबाट लागू हुनेगरी मनोनयन गरेको हो ।

बर्तौलाले यसअघि एमालेको सचेतक र प्रमुख सचेतकको जिम्मेवारी सम्हालिसकेका छन् ।

प्रकाशित मिति: २ श्रावण २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्