जुवातास खेलिरहेको अवस्थामा १६ जना पक्राउ


 


तनहुँ । तनहुँमा जुवातास खेलिरहेको अवस्थामा १६ जना पक्राउ परेका छन् ।

जिल्लाको शुक्लागण्डकी नगरपालिका–७ नमुना भोटेपानी टोल बस्ने ५६ वर्षीय रेखबहादुर थापामगर समेत १६ जनालाई जुवातास खेलिरहेको अवस्थामा मङ्गलवार साँझ प्रहरीले पक्राउ गरेको हो ।

थापाको घरमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरीले उनीहरूलाई ५९ हजार ९ सय ६० रुपैयाँ र ६ बुक ताससहित पक्राउ गरेको हो ।

पक्राउ परेकाहरूमाथि प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति: २ श्रावण २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्