बंगलादेशमा हिंसात्मक प्रदर्शनमा ६ विद्यार्थीको मृत्यु, शैक्षिक संस्था बन्द


 


एजेन्सी । बंगलादेशमा रोजगारीमा आरक्षणको विरोधमा भएको प्रदर्शनमा ६ जनाको मृत्यु भएको छ ।

घटनापछि देशभरका विद्यालय र विश्वविद्यालय अर्को आदेश नभएसम्मका लागि बन्द गरिएको हो ।

बंगलादेशमा देशको स्वतन्त्रताका लागि लडेका छोराछोरीलाई सरकारी जागिरमा आरक्षण दिइएको छ ।

बंगलादेशमा विगत केही दिनदेखि सरकारी जागिरमा आरक्षणको व्यवस्थाको विरोधमा प्रदर्शन भइरहेको छ ।

प्रकाशित मिति: २ श्रावण २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्