अभिनेत्री रेखा थापा पुनः राप्रपामै सक्रिय


 


काठमाडौं, साउन २ । अभिनेत्री रेखा थापा पुनः राप्रपामै सक्रिय भएकी छन् ।

६ महिना पार्टीमा निस्क्रिय भएकी थापाले केही दिनअघि पार्टीको बैठकमा सहभागी भएर पार्टीमै सक्रिय रहेको सन्देश दिएकी हुन् ।

केही समयअघि बच्चा जन्माउन अमेरिका गएपछि उनको पार्टी अध्यक्ष राजेन्द्र लिङदेनसंग मनमुटाव भएको थियो ।

अध्यक्ष लिङदेनको प्यानलबाट महाधिवेशनमा महामन्त्रीको उम्मेदवार बनेकी रेखाले कुन्ती शाहीसँग पराजय व्यहोरेकी थिइन् ।

पार्टीभित्र दुई गुट हुँदा उनले अध्यक्षलाई नै साथ दिँदै आइन् । तर, पार्टीलाई जानकारी नदिईकन अमेरिका गएपछि अध्यक्ष लिङदेनले उनीप्रति सार्वजनिक रूपमै असन्तुष्टि पोखेका थिए ।

प्रकाशित मिति: २ श्रावण २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्