सबै सरकार रामप्रसाद राईलाई राष्ट्रिय विभूति घोषण गर्ने भन्छन्– घाेषणा चाँही कहिले गर्ने ?


 


पुस्तक विमाेचन गर्दे प्रधानमन्त्री दाहाल । तस्बिरः रासस

काठमाडौँ, माघ ८

प्रधानमन्त्री पुष्पकमल दाहालले रामप्रसाद राईलाई राष्ट्रिय विभूति घोषणाका लागि पहल गरिने प्रतिवद्धता व्यक्त गरेका छन् ।

रामप्रसाद राई फाउण्डेसनद्वारा शनिबार यहाँ आयोजित कार्यक्रममा ‘रामप्रसाद राइ’ नामक पुस्तकको विमोचन गर्दे उनले सङ्खुवासभाको सदरमुकाम खाँदबारीदेखि किमाथान्कासम्मको कोसी राजमर्गलाई रामप्रसाद राई मार्ग घोषणका लागिसमेत पहल गर्ने आश्वासन दिए ।

प्रधानमन्त्री दाहालले देश र जनताका लागि बलिदान दिने सपुतहरुको जीवन गाथालाई पाठ््यपुस्तकमा समावेश गर्न फाउन्डेसनले गरेको आग्रह सकारात्मक भएको पनि बताए ।

भाेजपुरकाे वासिखाेराका स्व रामप्रसाद राईले उनले १०४ वर्षे निरङ्कुश राणाशासन र २००७ सालको क्रान्तिका लागि लडेका थिए । स्व राईको व्यक्तित्वलाई स्मरण गर्ने अभिप्रायबाट भोगिराज चामलिङ्ले लेखेको ‘रामप्रसाद राई’ नामक उक्त कृति ४७२ पेजमा प्रकाशित छ ।

कार्यक्रममा पूर्वमन्त्री सुरेन्द पाण्डे र अशोक राइले स्व राईको व्यक्तित्वका विविध पक्षमाथि प्रकाश पारेका थिए ।

घाेषणा चाँही कहिले ?

पारूहाङ रार्इ

शनिबार देशकाे कार्यकारी प्रधानमन्त्री दाहालले स्वर्गिय रार्इलार्इ राष्ट्रिय विभूति घाेषणा गर्ने प्रतिबद्दता जारी गर्दा राष्ट्रिय सभा गृह तालिले गुञ्जियाे । उनका परिवारजनमा खुसिकाे अाभा देखियाे ।

दाहालकाे याे प्रतिबद्दता पहिलाे हाेइन किनभने यसअघिका जुनसुकै सरकार प्रमुख त्यस्ता छैनन् जसले रार्इकाे महिमा र राष्ट्रिय विभूति घाेषणा गर्ने प्रतिबद्दता नजनाएकाे हाेस् । तर अहिलेसम्म रार्इलार्इ कुनै पनि सरकारले शहिद समेत घाेषणा गर्न सकेकाे छैन् ।

रामप्रसाद रार्इ सँग जाेडिएका रामप्रसाद रार्इ प्रतिष्ठानले गर्ने हरेकजसाे कार्यक्रममा सरकारका माथिल्लाे तहका अधिकारीहरूकाे उपस्थिति हुने गरेकाे छ भने दाहालकाे जस्तै प्रतिबद्दता व्यक्त गर्ने गरेका छन् । तर परिवारजन यस्ताे प्रतिबद्दता र अाश्वासनले विश्वस्त भने हुन सकेका छैनन् ।

प्रधानमन्त्री दाहालकाे यस्ताे घाेषणासँगै कार्यक्रमस्थलमा भेटिएका रामप्रसाद रार्इका नाती तथा रामप्रसाद रार्इ प्रतिष्ठानका सल्लाहकार पारूहाङ रार्इ भन्छन् देशकाे कार्यकारी प्रधानमन्त्रीबाट यस्ताे प्रतिबद्दता अाउनु सकारात्मक भए पनि कार्यान्वयनकाे पर्खाइमा हामी छाैं ।

देशकाेन्युजसँग कुरा गर्दे प्रतिष्ठानका पूर्व सचिव समेत रहेका रार्इ भन्छन्–जुनसुकै सरकार प्रमुख पनि रामप्रसाद रार्इलार्इ राष्ट्रिय विभूति घाेषणा गर्छाैं भन्नुहुन्छ व्यवहारत उहाँहरूले अहिलेसम्म शहिदसम्म घाेषणा गर्न सक्नु भएकाे छैन् ।

हामी परिवारजन र प्रतिष्ठानकाे सधै एउटै माग छ उहाँलार्इ राष्ट्रिय विभूति घाेषणा गरियाेस्, रार्इले भने अब भने प्रतिबद्दता हाेइन कार्यान्वयनकाे खाँचाे छ, हामी यही पर्खाइमा छाैं ।

प्रकाशित मिति: ८ माघ २०७३, शनिबार

प्रतिक्रिया दिनुहोस्