पर्साबाट २० किलोग्राम चरेस बरामद


 


पर्सा । प्रहरीले पर्साबाट करिब २० किलोग्राम चरेस बरामद गरेको छ।

पटेर्वा सुगौली गाउँपालिका-४ देउरियाबाट २० किलोग्राम अवैध लागुऔषध चरेस बरामद गरिएको हो।

इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीबाट खटिएको प्रहरी गस्तीले सोमबार राति बरामद गरेको प्रहरीले जनाएको छ।

प्रहरीले सोही वडाको हनुमान मन्दिरको छेउमा बोराभित्र उक्त पदार्थ फेला पारेको जनाएको छ।

यस घटनामा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रकाशित मिति: १ श्रावण २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्