पाकिस्तानी प्रधानमन्त्री सरिफले दिए ओलीलाई शुभकामना


 


काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले चौथोपटक नेपालको प्रधानमन्त्रीका रूपमा कार्यभार सम्हालेकोमा केपी शर्मा ओलीलाई बधाइ एवं शुभकामना व्यक्त गरेका छन्।

पाकिस्तानी प्रधानमन्त्रीले प्रधानमन्त्री ओलीको कार्यकालको सफलताको कामना गर्दै शुभकामना व्यक्त गरेका हुन्।

उनले पाकिस्तान–नेपाल सम्बन्धलाई अझ सुदृढ तुल्याउन उनीसँग निकट सम्पर्कमा रहेर काम गर्न आफू उत्सुक रहेको बताएका छन्।

नेपालस्थित पाकिस्तानी राजदूतावासका अनुसार प्रधानमन्त्री ओलीको कार्यकालमा द्विपक्षीय सहयोगका साथै क्षेत्रीय सहयोग अभिवृद्धिमा योगदान पुग्ने विश्वास प्रधानमन्त्री शहबाजले व्यक्त गरेका छन्।

प्रकाशित मिति: १ श्रावण २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्