कर्मचारी सञ्चय कोषले घटायो ब्याजदर


 


काठमाडौँ, साउन १ । कर्मचारी सञ्चय कोषले सञ्चय कोष तथा निवृत्तभरण कोष रकममा प्रदान गर्ने र सञ्चयकर्ता सापटीमा लिने ब्याजदरमा परिवर्तन गरेको छ । कोषले आज (साउन १) देखि लागू हुनेगरी ब्याजदर घटाएको हो ।

सञ्चय कोष रकममा र निवृत्तभरण कोष रकममा दिने ब्याजदर पाँच दशमलव पाँच शून्य प्रतिशत कायम भएको छ भने विशेष सापटीको ब्याजदर छ दशमलव छ शून्य प्रतिशत निर्धारण गरिएको कोषका प्रशासक जीतेन्द्र धितालले जानकारी दिए ।

धितोमा आधारित घर सापटी, शैक्षिक सापटी र घर मर्मत सापटीको ब्याजदर घटाई सात दशमलव पाँच शून्य प्रतिशत कायम गरेको कोषले जग्गा खरिद सापटी वा सरल सापटी लिएका सञ्चयकर्ताका लागि आठ प्रतिशत ब्याज निर्धारण गरेको छ ।

कोषले विशेष सापटीबाहेकका धितोमा आधारित सापटीको व्याज नियमित रुपमा चुक्ता गर्ने सञ्चयकर्ताको हकमा शून्य दशमलव दुई पाँच प्रतिशत विन्दुले छुट दिने निर्णयसमेत गरेको छ ।

प्रकाशित मिति: १ श्रावण २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्