रुकुमपश्चिममा बाढीले बगाउँदा तीन बालकको मृत्यु, एक बेपत्ता


 


सुर्खेत । रुकुमपश्चिमको आठबिसकोट नगरपालिका वडा १२ को बगर नजिक खोलाले बगाउँदा तीन बालकको मृत्यु भएको छ भने एक व्यक्ति बेपत्ता भएका छन् ।

तातोपानी खोला र झिन्चौर खोलामा आएको बाढीले बगाउँदा तीन बालकको मृत्यु भएको हो भने एक वयस्क व्यक्ति बेपत्ता भएका हुन् । खोलाले बताउँदा ६ जना घाइते समेत भएको प्रहरीले जनाएको छ ।

घाइतेहरूलाई उपचारका लागि अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिममा सूचना अधिकारी बखत शाहीले बताए ।

प्रकाशित मिति: १ श्रावण २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्