संविधान संशाेधनका लागि मन्त्री बनेकाले नै संविधान कार्यान्वयन गर्नुपर्छ भनेपछि…


 


काठमाडाैं, माघ ८

समाजवादी जनता दलबाट संसदमा एक जना सांसद छन्, प्रेमबहादुर सिंह जाे माघ ६ गते खानेपानी तथा सरसफाइ मन्त्री बने । प्रचण्ड नेतृत्वकाे सरकारले सिंहलार्इ मन्त्री बनाउनुकाे कारण प्रष्ट छ, संविधान संशाेधनका पक्षमा एक भाेट थप्नु ।

तर संशाेधनकाे पक्षमा उभ्याउँदै मन्त्री पद समेत दिएका प्रचण्डलार्इ भने सिंहबाट धाेका हुने संकेतहरू मिल्न थालेका छन् । सिंहले संविधान संशोधन भन्दापनि कार्यान्वयन अहिलेको आवश्यकत्ता भएको एक कार्यक्रममा स्पष्ट पारेपछि प्रचण्डलार्इ धाेका हुने संकेत मिलेकाे हाे ।

शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै नवनियुक्त मन्त्री प्रेम बहादुर सिंहले संविधान कार्यान्वयन गर्दै जाँदा आवश्यक परे संविधान संशोधन हुन सक्ने बताएका हुन ।

आफूले नै पहिलो पटक नेपालमा हेभ्भी पम्पिङ् परियोजनाहरु समेत सुरु गरेको उल्लेख गर्दै उनले, गोरखा, हलेसी लगायतका विभिन्न ठाउँमा हेभी पम्पिङ् प्रोजेक्टहरु कार्यान्वयनमा आउँदै गरेको जानकारी दिए ।

त्यस्तै तराईमधेशका २० जिल्लामा समेत तराई खानेपानीसुधार आयोजना सुरु गरिएको र त्यसअन्र्तगत १ सय ६ आयोजनाहरु कार्यान्वयनमा आउने चरणमा रहेको उनको भनाई छ ।

त्यस्तै नवनियुक्त महिला, बालबालिका तथा समाज कल्याण मन्त्री कुमार खड्काले पनि आफू संविधान संशोधन गर्छु भनेर कबुल गरेर मन्त्री नबनेको स्पष्ट पारे ।

प्रकाशित मिति: ८ माघ २०७३, शनिबार

प्रतिक्रिया दिनुहोस्