त्रिशूली बस घटना : बेपत्ताको खोजीका लागि भारतबाट विज्ञ ल्याइँदै


 


काठमाडौं, साउन १ । चितवनको सिमलतालबाट पहिरोसँगै त्रिशूलीमा खसेका दुई वटा बस र बेपत्ता यात्रुको खोजीका लागि भारतबाट विज्ञ टोली बोलाइने भएको छ ।

यात्रुको अवस्था पत्ता लाग्न नसकेपछि सरकारले खोजीका लागि अन्तर्राष्ट्रिय विज्ञसहितको उद्धार टोली ल्याउन लागेको हो ।

गृह मन्त्रालयको विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखाका प्रमुख डा. भीष्मकुमार भुसालले भारतबाट विज्ञसहितको उद्धार टोली ल्याउन हिजो नै परराष्ट्रमार्फत पत्राचार गरिएको जानकारी दिए ।

गृह मन्त्रालयका अनुसार अहिले पनि पाँच सय जना सुरक्षाकर्मी परिचालन गरेर नेपालमा भएका सबै प्रविधिको प्रयोग गरी खोजी भैरहेको छ । गएको असार २८ गते शुक्रवार वीरगञ्जबाट काठमाडौका लागि छुटेको एञ्जल डिलक्स र काठमाण्डौबाट गौरका लागि छुटेको गणपति डिलक्स बस सिमलतालबाट पहिरोसंगै त्रिशूली नदीमा खसेर हराएका थिए ।

ती बसमा रहेका ६५ जनामध्ये तीन जना सकुशल निस्किएका थिए भने ६२ जना बेपत्ता भएका थिए ।

प्रकाशित मिति: १ श्रावण २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्