प्रधानमन्त्री ओलीद्वारा पदभार ग्रहण


 


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पदभार ग्रहण गरेका छन् ।

आज पद तथा गोपनियताको शपथग्रहणसँगै सिंहदरबार पुगेर ओलीले प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयको पदभार ग्रहण गरेका हुन्।

त्यसअघि उनले लैनचौरस्थित सहिद स्मारकमा रहेका सहिदहरूको सालिकमा माल्यार्पण गरेका थिए ।

साथै पार्टी केन्द्रीय कार्यालय च्यासला पनि पुगेका थिए ।

प्रधानमन्त्रीसहित सबै मन्त्रीहरुले आज नै राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनियताको शपथ ग्रहण गरेका थिए ।

प्रकाशित मिति: ३१ असार २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्