परराष्ट्रमन्त्री आरजुलाई भारतीय समकक्षी जयशंकरले दिए बधाइ


 


काठमाडौं । नवनियुक्त परराष्ट्रमन्त्री आरजु राणा देउवालाई भारतीय समकक्षी एस जयशंकरले बधाइ दिएका छन्।

परराष्ट्रमन्त्री आरजुले शपथ ग्रहण गरेसँगै भारतीय विदेशमन्त्री जयशंकरले सामाजिक सञ्जाल ट्विटरमार्फत बधाई दिएका हुन्।

जयशंकरले लेखेका छन्,‘नेपालको परराष्ट्रमन्त्रीको रुपमा नियुक्त हुनुभएकोमा आरजु राणा देउवालाई हार्दिक बधाई। बहुआयामिक साझेदारीलाई अघि बढाउन तपाईसँग मिलेर काम गर्न तत्पर छु।’

त्यस्तै यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाई दिएका थिए।

उनले दुई देशबीचको मित्रताको गहिरो सम्बन्धलाई थप बलियो बनाउन र जनताको प्रगति र समृद्धिका लागि पारस्परिक सहकार्य गर्ने बताएका थिए।

प्रकाशित मिति: ३१ असार २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्