वैकल्पिक वित्तसम्बन्धी कार्यविधि स्वीकृत गर्ने अर्थमन्त्री पौडेलको निर्णय


 


काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले वैकल्पिक वित्तसम्बन्धी कार्यविधि स्वीकृत गर्ने निर्णय गरेका छन्।

मन्त्रालय पुगेर कार्यभार सम्हाल्दै अर्थमन्त्री पौडेलले यस्तो निर्णय गरेका हुन् ।

यससँगै अब ब्लेन्डेड फाइन्यान्स, ग्रीन क्लाइमेट फन्ड लगायत वैकल्पिक वित्तीय स्रोत प्राप्ति र प्रयोगसम्बन्धी कार्यविधिले त्यस्तो स्रोत लिन सहज हुनेछ।

अस्‍थिरताका कारण अर्थतन्त्रमा समस्या देखिएको उनले बताए । अर्थमन्त्री पौडेलले विगतमा जनताको आत्मविश्वास समेत टुटेको पाइएको बताए।

अब भने निरासा चिर्ने र आशा जगाउने काम हुनेमा अर्थमन्त्री पौडेलले प्रतिबद्धता जनाए। उनले सेयर बजारलाई अर्थतन्त्रको ऐनाका रूपमा बुझ्नुपर्ने समेत बताएका छन्।

प्रकाशित मिति: ३१ असार २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्