प्रधानमन्त्री ओलीको नियुक्ति बदर गर्न माग गर्दै कानुन व्यवसायीहरु सर्वोच्चमा


 


काठमाडौं । प्रधानमन्त्रीमा एमाले अध्यक्ष केपी शर्मा ओलीको नियुक्ति बदर गर्न माग गर्दै कानुन व्यवसायीहरु सर्वोच्च अदालत पुगेका छन् ।

ओलीको नियुक्ति कानुनसम्मत नभएको दाबी गर्दै अधिवक्ताहरु दीपक अधिकारी, खगेन्द्रप्रसाद चापागाईं र शैलेन्द्रकुमार गुप्ता रिट दायर गर्न सर्वोच्च पुगेका हुन् ।

यसअघि संविधानको धारा ७६ ९२० अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत नपाएपछि पदमुक्त भएकाले अब धारा ७६ को उपधारा ३ बमोजिम नयाँ सरकार गठन हुनुपर्ने जिकीर रिट निवेदकले गरेका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ ९२० अनुसार आइतबार एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्री नियुक्त गरेका थिए ।

प्रकाशित मिति: ३१ असार २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्