खादामाला नलगाउने स्वास्थ्यमन्त्री पौडेलको घोषणा


 


काठमाडौं । नवनियुक्त स्वास्थ्यमन्त्री प्रदीप पौडेलले फूलमाला र खादा नलगाउने घोषणा गरेका छन्।

नेपाली कांग्रेसका युवा नेता पौडेल पहिलो पटक सरकारमा गएका हुन् ।

मन्त्रालयमा कर्मचारीले पौडेलको स्वागतमा सबै तयारी गरेपनि उनले मानेनन्।

उनी काठमाडौं ५ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद हुन् ।

उनले स्वास्थ्य मन्त्रालयमा रहेर काम गरेर देखाउन नसकेसम्म कतैपनि माला र खादा नलगाउने घोषणा गरेका छन् ।

प्रकाशित मिति: ३१ असार २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्