नवनियुक्त प्रधानमन्त्री ओलीलाई प्रचण्डले दिए बधाइ


 


काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बधाइ तथा शुभकामना दिएका छन् ।

राष्ट्रपति कार्यालय शीतलनिवासमा सोमबार आयोजित विशेष समारोहमा प्रधानमन्त्री ओलीलाई प्रचण्ड सफल कार्यकालको शुभकामना दिएका हुन् ।

प्रधानमन्त्री ओली नेतृत्वको सरकारमा दुई उपप्रधानमन्त्रीसहित २१ मन्त्रीले आज शपथ लिएका छन् ।

मन्त्रिपरिषदमा कांग्रेस र एमाले सहित ४ वटा दलको प्रतिनिधित्व रहेको छ ।

कांग्रेसबाट १० जना, एमालेबाट ८ जना, जसपा नेपालबाट २ जना, लोसपाबाट एक जना मन्त्री बनेका छन् ।

प्रकाशित मिति: ३१ असार २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्