यी हुन् ओली मन्त्रिपरिषद्का ११ नयाँ अनुहार


 


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्मा ११ जना नयाँ मन्त्रीले मौका पाएका छन् । नेपाली कांग्रेसबाट ७ र एमालेबाट चार जना नयाँले अवसर पाएका हुन् ।

कांग्रेसबाट आरजु राणा देउवा, प्रदीप पौडेल, रामनाथ अधिकारी, तेजुलाल चौधरी, बद्री पाण्डे, अजयकुमार चौरासिया र ऐनबहादुर शाही (ठकुरी) मन्त्री बनेका छन् । देउवा परराष्ट्र, पौडेल स्वास्थ्य, पाण्डे पर्यटन, चौरासिया कानुन र शाही बन मन्त्री बनेका छन् ।

यस्तै एमालेबाट देवेन्द्र दाहाल, विद्या भट्टराई, मानवीर राई र राजकुमार गुप्ताले पहिलो पटक मन्त्री बन्ने अवसर पाएका छन् ।

दाहाल भौतिक, भट्टराई शिक्षा, राई रक्षा र गुप्ता सामान्य प्रशासन मन्त्री बनेका छन् ।

प्रकाशित मिति: ३१ असार २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्