माधव नेपालले गरे प्रधानमन्त्री ओलीको शपथ समारोह बहिष्कार


 


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको शपथ पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले बहिस्कार गरेका छन् ।

राष्ट्रपतिको कार्यालय शीतल निवासमा भएको शपथ ग्रहण समारोह अध्यक्ष नेपालले बहिस्कार गरेका हुन् ।

राष्ट्रपतिको कार्यालय शीतल निवासमा शपथ ग्रहण समारोहमा प्रायस् सबै शीर्ष नेता देखिँदा नेपाल भने देखिएनन् ।

कार्यक्रममा पूर्वप्रधानमन्त्रीको हैसियतमा नेकपा एसका सम्मानित नेता झलनाथ खनाल, पुष्पकमल दाहाल ‘प्रचण्ड’, शेरबहादुर देउवा, बाबुराम भट्टराई पुगेका थिए ।

प्रकाशित मिति: ३१ असार २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्