अाजकाे राशिफल


 


अाज मिति वि.सं. २०७३ साल माघ ८ गते शनिबार। इश्वी सन् २०१७ जनवरी २१ तारिख। नेपाल संवत् ११३७ पोहेलागा। माघ कृष्णपक्ष। तिथि– नवमी, २०:०४ बजेउप्रान्त दशमी। तपाइकाे अाजकाे राशिफल हेर्नुहाेस्

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) साझेदारी काममा फाइदा हुनेछ । सोचेको आटेको काममा सफलता मिल्नेछ । पढाई लेखाइमा सन्तोषजनक प्रगति हुनेछ । स्वास्थ्य समस्याले सताउनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आमाको सहयोगमा नयाँ काममा हात हाल्ने मौका मिल्नेछ । सहयोगीहरूले साथ दिने तत्परता देखाउनेछन । रोकिएका अधुरा कामहरु बन्नेछन ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) कृषि काममा प्रशस्त फाइदा हुनेछ । रोकिएका अधुरा कामहरु सफल हुनेछन । सामाजिक मानसम्मान मिल्ने योग रहेको छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) बोलीको प्रभाब बढ्नेछ । सहयोगीहरुले साथ दिनेछन । शैक्षिक क्षेत्रमा लगानी गर्ने अवसर मिल्नेछ । सभा सम्मेलनमा सहभागी हुने अवसर मिल्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) सोचेको आटेको काममा सफलता मिल्नेछ । पढाई लेखाइमा प्रगति हुनेछ । पेट सम्बन्धि समस्याले सताउनेछ । मन खिन्न रहनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) अध्ययन अध्यापनमा सफलता मिल्नेछ । सोचेको आटेको काममा सफलता मिल्दा मन प्रसन्न रहनेछ । प्रयासहरु सकारात्मक रहनेछन ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) साथीभाईसंग रमाइलोमा समय बित्नेछ । ब्यापार ब्यबसायबाट लाभ मिल्नेछ । परिवारको सहयोग मिल्नाले महत्वपूर्ण काममा सफलता मिल्नेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) ब्यापार ब्यबसायबाट लाभ मिल्नेछ । शत्रुहरु पराजित हुनेछन । कामको उचित मुल्यांकन हुनेछ । स्वास्थ्यमा समस्या देखिनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) धेरैले सहयोग गर्ने तत्परता देखाउनेछन । पढाई लेखाइमा प्रगती हुनेछ । आफन्तसंग मनमुटाब हुन सक्नेछ । मनमा डरले डेरा जमाउनेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) पारिवारिक सम्बन्धमा सुधार आउनेछ । रमाइलो यात्राको अवसर मिल्नेछ भने यात्रामा हुने भेटघाटमा मन प्रसन्न रहनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) ठुला व्यक्तिले भरोसा गर्नेछन । काममा धेरैले सहयोग गर्नेछन । न्यायिक काममा सफलता मिल्नेछ । काममा केहि चुनौतीको सामना गर्नुपर्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) सजिलै अरुको बिश्वास जित्न सकिनेछ । जग्गा जमिन कारोबारमा फाइदा हुनेछ । आम्दानीका नयाँ स्रोतहरु फेला पर्नेछन ।

प्रकाशित मिति: ८ माघ २०७३, शनिबार

प्रतिक्रिया दिनुहोस्