चोरी–डकैती गर्ने पासवनलाई नियन्त्रणमा लिन प्रहरीले चलायो गोली


 


सर्लाही । सर्लाही प्रहरीले गोली प्रहार गरेर एक जनालाई पक्राउ गरेको छ ।

चोरी डकैतीलगायत अपराधका घटनाहरुमा संलग्न रहेका एक जनालाई प्रहरीले घुँडामुनि गोली हानेर पक्राउ गरेको हो।

पक्राउ पर्नेमा सर्लाहीको लालबन्दी नगरपालिका-२ बस्ने ४० वर्षीय बीजेन्द्र पासवन रहेका छन् ।

पासवन लाई खोजतलासको क्रममा महोत्तरीको सोनमा गाउँपालिका-५ खैरवनीस्थित सर्लाही र महोत्तरी सिमाना सितलपुर भन्ने स्थानबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

खोजीको क्रममा फेला परेपछि उनलाई पक्राउ गर्न खोजिएको थियो ।

तर, उनी भाग्न खोजेपछि घुँडामुनि गोली हानेर नियन्त्रण लिइएको प्रहरीले जनाएको छ ।

गोली लागेर घाते पासवानको प्रादेशिक अस्पताल जलेश्वरमा उपचार भइरहेको छ ।

प्रकाशित मिति: ३१ असार २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्