शेखर–गगन समूहले टुंग्यायो मन्त्रीको नाम, स्वास्थ्यमा प्रदीप पौडेल


 


काठमाडौं । नेपाली कांग्रेसको शेखर कोइराला – गगन थापा समूहले मन्त्रीहरुको नाम टुंगो लगाएको छ ।

कोइरालाको सचिवालयमा बसेको शेखर–गगन समूहको बैठकले प्रदीप पौडेल, बद्री पाण्डे र रामनाथ अधिकारीको नाम टुंग्याएको हो ।

स्रोतका अनुसार प्रदीप स्वास्थ्य तथा जनसंख्यामन्त्री बन्ने भएका छन् ।

संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रीमा सहमहामन्त्री बद्री पाण्डे जाने भएका छन् ।

रामनाथ अधिकारी कृषिमन्त्री बन्नेछन् ।

प्रकाशित मिति: ३१ असार २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्