अर्जेन्टिना लगातार दोस्रो पटक कोपा अमेरिकाको च्याम्पियन


 


काठमाडौं । कोपा अमेरिका फुटबलको उपाधि अर्जेन्टिनाले जितेको छ ।

मिआमीमा आज बिहान भएको खेलमा कोलम्बियालाई १-० गोलले हराउँदै अर्जेन्टिनाले लगातार दोस्रो उपाधि हात पारेको हो।

अर्जेन्टिनाको जितमा लाउटारो मार्टिनेजले ११२ मिनेटमा गोल गरे । निर्धारित समयमा गोलरहित बराबरीमा खेल सकिएपछि अतिरिक्त समयमा धकेलिएको थियो ।

जितसँगै अर्जेन्टिनाले १६औँ पटक कोपा अमेरिकाको उपाधि जितेको छ।

प्रकाशित मिति: ३१ असार २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्