एमालेले लगायो मन्त्रीको अन्तिम टुंगो, को–को भए मन्त्री ?


 


काठमाडौं, असार ३१ । नेकपा एमालेले सरकारमा सहभागी हुने मन्त्रीको अन्तिम टुंगो लगाएको छ ।

एमालेले पाएका मन्त्रालयमध्ये उपप्रधानसहित अर्थमन्त्रालयको जिम्मेवारी विष्णु पौडेलले सम्हाल्नेछन् ।

पृथ्वीसुब्बा गुरुङलाई सरकारको प्रवक्ता एवम सञ्चार मन्त्रालयको जिम्मेवारी दिइएको छ । राष्ट्रिय सभा सदस्य देवेन्द्र दाहाल भौतिकमन्त्री, शिक्षा मन्त्री विद्या भट्टराई र रक्षा मन्त्री मानवीर राई बन्दैछन् । राजकुमार गुप्ता पनि मन्त्री बन्दैछन् ।

उद्योगमन्त्री दामोदर भण्डारी र भूमि व्यवस्था सहकारीमा बलराम अधिकारी बन्दैछन् । भण्डारी र अधिकारी पहिले सम्हालकै मन्त्रालयमा दोहोरिन लागेका हुन् ।

प्रकाशित मिति: ३१ असार २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्