मन्त्रीको टुंगो लगाउन छलफलमा कांग्रेस, यी हुन् सम्भावित मन्त्री


 


काठमाडौं, असार ३१ । नेपाली कांग्रेसका नेताहरु मन्त्रीहरुको नाम टुंग्याउन छलफलमा जटेका छन् ।

सभापति शेरबहादुर देउवा मन्त्रीको नाम टुंगो लगाउन आफ्नो निकट नेताहरुसँग छलफलमा जुटेका हुन् ।

स्रोतका अनुसार पूर्व महामन्त्री प्रकाशमान सिंहले सरकारमा कांग्रेसको नेतृत्व गर्नेछन् । उनको मन्त्रालय भने टुंगो लागेको छैन ।

कांग्रेसबाट रमेश लेखक गृहमन्त्री, आरजु देउवा राणा परराष्ट्रमन्त्री र अजय चौरसिया कानुन, न्याय तथा संसदीय मामिला मन्त्री बन्ने सम्भावना बढी रहेको बताइएको छ । तेजुलाल चौधरी पनि मन्त्री बन्ने पक्का जस्तै भएको भनिएको छ। यद्यपि उनको मन्त्रालय टुंगिएको छैन ।

मन्त्रीका लागि दिपक खड्का, ऐनबहादुर शाही, किशोर सिंह राठोर र दिपक गिरीको नाम छलफल चलिरहेको छ ।

चार मन्त्रालय आफूले पाउनुपर्ने माग गरिरहेको शेखर–गगन समूहले सहमहामन्त्री जीवन परियार र सांसदहरु प्रदीप पौडेल, हृदयराम थानी र रामनाथ अधिकारीलाई पठाउने तयारी गरेको छ ।

प्रकाशित मिति: ३१ असार २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्