आज यी स्थानमा भारी वर्षाको सम्भावना


 


काठमाडौं, असार ३१ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेका हुँदा विभिन्न स्थानमा आंशिकदेखि भारी वर्षाको सम्भावना छ ।

सोमबार बिहान देशभर आंशिकदेखि साधारणतया बदली रही कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका एक दुई स्थानमा हल्का देखि मध्यम वर्षा भैरहेको छ ।

महाशाखाले दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने देशभरका केही स्थानहरुमा मेघ गर्जन÷चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षा हुने पूर्वानुमान गरेको छ ।

राति पनि देशभर आंशिक देखि साधारणतया बदली रहने महाशाखाको प्रक्षेपण छ ।

त्यस्तै कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा राति मेघ गर्जन÷चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रकाशित मिति: ३१ असार २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्