नवनियुक्त प्रधानमन्त्री ओलीको शपथ आज


 


काठमाडौँ, असार ३१ । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीको शपथ आज (सोमबार) हुँदैछ । शपथ बिहान ११ बजे हुने राष्ट्रपति कार्यालयले जनाएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले नेकपा एमालेका अध्यक्ष ओलीलाई आइतबार नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम आज प्रधानमन्त्री पदमा नियुक्त गरेका हुन् ।

प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको समर्थनमा एमाले अध्यक्ष ओली प्रधानमन्त्री पदमा नियुक्त भए ।

प्रकाशित मिति: ३१ असार २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्