आजबाट मेरो बारेमा पनि अनुसन्धान गर्नुस् : गृहमन्त्री लामिछाने


 


काठमाडौँ । कामचलाउ सरकारका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले आफ्नो विषयमा विवादमा आएका कुराहरूको अध्ययन अनुसन्धान अघि बढाउन नेपाल प्रहरीसँग आग्रह गरेका छन् ।

आइतबार मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै लामिछानेले आफ्नो बारेमा पनि धेरै प्रश्नहरू उठेको भन्दै आफू मन्त्री भएकाले कुनै प्रभाव परेको भए आजबाट अनुसन्धान र अध्ययन प्रक्रिया अघि बढाउन सकिने बताएका हुन् ।

उनले आफूले सरुवा र बढुवा कुनै व्यक्ति विशेषलाई हेरेर नगरेको दाबी गरे ।उनले भने , सरुवा, बढुवाका कुराहरु छन् । सरुवा र बढुवामा कुनै व्यक्ति विशेषलाई हेरेर मैले गरेको छैन । कहिले कहीँ प्याब्सनको आधारमा मान्छेलाई यता उति सार्ने बाहेक हामीले विधि मिच्ने काम गरेका छैनौँ । बाँकी रह्यो मेरो कुरा । विषय त मेरो बारेमा पनि धेरै कुरा उठेका छन् । उठ्छ, हिजो पनि उठेका हुन् । मैले आजसम्म यहाँहरु सबै यहीँ साक्षी हुनुहुन्छ, आफ्ना विषयमा यो गर्नुहोस्, त्यो गर्नुहोस्, भनेको छैन, निर्देशन दिएको छैन । तर पनि मन्त्री भएका कारणले केही अफ्ठ्यारो परेको रहेछ भने आजैबाट मेरा विषयमा गहन अध्ययन, गहन अनुसन्धान गर्नुस् । गल्ती गरेको जो कोही होस्, त्यो बच्नु हुँदैन, बचाउनु हुँदैन ।’

प्रकाशित मिति: ३० असार २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्