झण्डै ६ किलो कोकिनसहित ठमेलबाट मलेसियन नागरिक पक्राउ


 


काठमाडौं । प्रहरीले ठमेलस्थित एक होटलबाट ठुलो परिणाममा लागूऔषध कोकिनसहित एक महिलालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले ५ किलो ८२० ग्राम कोकिनसहित मलेसियन नागरिकलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा मलेसियाकी ४७ वर्षीया बाथुमालाई भाडिभालु रहेकी छन् । भाडिभालुलाई काठमाडौंको सिटी होटलबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

होटलमा लागूऔषधको कारोबार भइरहेको छ भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त लैनचौरको संयुक्त टोलीले उनलाई पक्राउ गरेको थियो ।

कोठाको खान तलासी गर्दा ६ वटा स्कुल ब्यागमा फल्स बटम बनाएर कोकिन लुकाएको भेटिएको थियो । बरामद भएको ५ किलो ८२० ग्रामको बजार मूल्य २० करोड ३६ लाख रुपैयाँ हुन आउने प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: ३० असार २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्