अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पमाथि गोली प्रहार


 


एजेन्सी । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली प्रहार भएको छ ।

सीएनएनका अनुसार अमेरिकी समय अनुसार शनिबार राति पेन्सिलभेनियाको बटलरमा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको ¥यालीमा गोली प्रहार भएको हो ।

गोली लागेपछि ट्रम्प घाइते भएका छन् । गोली लागेपछि उनी भुइँमा लडेका थिए । उनको अनुहारमा रगत देखिएको थियो ।

गोली लागेर एक बन्दुकधारी र एक दर्शकको मृत्यु भएको छ । ट्रम्पले सामाजिक सञ्जालमा आफ्नो दाहिने कानको माथिल्लो भागमा गोली लागेको बताएका छन् ।

प्रकाशित मिति: ३० असार २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्