एमाले अध्यक्ष ओली आज प्रधानमन्त्री नियुक्त हुँदै


 


काठमाडौँ, असार ३० । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली आज (आइतबार) प्रधानमन्त्री नियुक्त हुँदैछन् ।

नेपाली कांग्रेससहितको समर्थनमा नयाँ सरकार गठनको दाबी पेस गरेका ओलीलाई राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा नियुक्त गर्ने तयारी गरेका छन् ।

संविधानको धारा ७६ (२) नेपाली कांग्रेसका संसदीय दलका नेता शेरबहादुर देउवाको समर्थन लिएर शुक्रबार साँझ ओलीले नयाँ सरकार गठनको दाबी पेस गरेका थिए ।

राष्ट्रपतिले आइतबार साँझ ५ बजेसम्मका लागि समयसीमा दिएर सरकार गठनको आह्वान गरेका छन् । आइतबार ओलीलाई प्रधानमन्त्री नियुक्त गरेर सोमबार शपथ ग्रहण कार्यक्रम राख्ने तयारी गरिएको छ ।

प्रकाशित मिति: ३० असार २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्