हिलोमा फसेका सवारीसाधन


 


म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–मालढुङ्गा सडकअन्तर्गत पर्वतको जलजला गाउँपालिका–४ लामाखेतमा शनिबार बिहान हिलाम्मे सडकमा फसेका सवारीसाधन । तेह्रकिलोमिटर दूरीको बेनी–मालढुङ्गा सडक स्तरोन्नतिमा ढिलाई हुँदा बर्खामा हिलो र हिउँदमा धुलोले सताएको छ । जीर्ण सडकमा जोखिम, सास्ती र झञ्जटपूर्ण यात्रा गर्नुपर्ने बाध्यता छ । तस्बिरः सन्तोष गौतम/रासस

प्रकाशित मिति: २९ असार २०८१, शनिबार

प्रतिक्रिया दिनुहोस्