नाइजेरियाली सेनाबाट एक हप्तामा १८७ संदिग्ध आतङ्ककारीको मृत्यु


 



अबुजा । नाइजेरियाली सेनाले गत हप्तामा देशभर आपराधिक समूहहरू विरुद्धको विभिन्न कारवाहीमा कम्तीमा एक सय ८७ संदिग्ध आतङ्ककारी मारेको एक अधिकारीले बताएका छन् ।

नाइजेरियाको राजधानी अबुजामा आयोजित पत्रकार सम्मेलनमा सेनाका प्रवक्ता एडवर्ड बुबाले भन्नुभयो, “यस अवधिमा पश्चिम मुलुका विभिन्न भागबाट अन्य एक सय ८३ जनालाई पक्राउ गरिएको छ । यहाँ कम्तिमा एक सय नौ जना बन्धकलाई आपराधिक गिरोहबाट मुक्त गरिएको छ । एक सय २८ वटा विभिन्न हतियार र तीन हजार तीन सय विभिन्न गोला बारुद, ८० एके–४७ राइफल र १५ वटा स्थानीय बनावटी बन्दुकहरू बरामद गरिएका छन् ।”

   सेनाका प्रवक्ताले देशभरका अपरेशनहरू सफल भएको बताउनुभयो । सेनाले उत्तरपूर्वी क्षेत्रमा मात्र ९७ संदिग्ध आतङ्कवादीलाई मारेको र यस अवधिमा ४५ संदिग्धलाई गिरफ्तार गरेको छ ।

   कारवाहीका क्रममा ८८ वयस्क पुरुष, दुई सय ५६ वयस्क महिला र चार सय ८८ बालबालिकासहित कुल आठ सय ३२ संदिग्ध आतङ्कवादीहरूले देशको उत्तरपूर्वी भागमा जुलाई ३–९ बीच आत्मसमर्पण गरेको उहाँले जानकारी दिनुभयो ।

प्रकाशित मिति: २८ असार २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्